चाणक्यका १० महत्वपूर्ण भनाई !!!
प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन् चाणक्य । उनको जीवन दर्शन पुर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल रणनीतिकार समेत थिए । उनकै कुटिल चालका कारण नै सम्राट सिकन्दरले भारत छोड्न बाध्य भएका थिए । चन्द्र गुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । तीनै महान व्यक्तिले भनेका गोप्य राख्नुपर्ने केही महत्वपूर्ण भनाईहरु यहाँ प्रस्तुत छ ।
१. शिक्षा सबैभन्दा राम्रो साथी हो । एउटा शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्छ । २. तपाईको आफ्नो सफलताको रहस्य कसैलाई पनि नखोल्नु । यसले तपाईलाई बर्बाद गरिदिन सक्छ । ३. हर मित्रताको पछाडि कुनै कुनै स्वार्थ लुकेको हुन्छ । ४. हामी भूत र भविष्यको बारेमा चिन्तित हुन बेकार छ । विवेकवान व्यक्ति हमेशा वर्तमानको बारेमा सोच्छ । ५. कुनैपनि काम गर्दा तिन कुरा ख्याल गर्नु पर्छ । १. म यो काम किन गरिरहेको छु ? २. यसको परिणाम के हुन्छ ? ३. के म यसबाट सफल हुन्छु ? ६. कोही पनि व्यक्ति जन्मले महान हुन्दैन उसको कर्मद्धारा मात्र महान हुन्छ । ७. जब तपाई अगाडि भय आउछ, तब तपाईले त्यसलाई नष्ट गर्नुपर्छ । ८. फूलको सुगन्ध हवाको दिशामा भर पर्छ, तर एउटा सच्चा मान्छेले चारैतिर आफ्नो प्रभाव जमाउन सक्छ । ९. जन्मदेखि ५ वर्षसम्म तपाईले आफ्नो सन्तानलाई माया गर्नु । १० वर्षसम्म दण्ड दिनु । जब १६ वर्षको हुनेछ त्यसपछि साथी जस्तो व्यवहार गर्नु । १०. एउटा खराब साथीको कहिल्यै विश्वास नगर्नु । राम्रो साथीको पनि पुरै विश्वास नगर्नु । जब उनीहरु तपाईबाट कुनैबेला रुष्ट हुनेछन् तब तपाइलाई बर्बाद गरिदिन सक्छ ।